Aamsanchar

लडेर बृद्धको मृत्यु

Author Image
बिहिवार, वैशाख २१, २०७४

संखुवासभा।

संखुवासभाको मकालु गाउँपालिका ५ नमुदोभानस्थित सिम्ले चौतारा भन्ने ठाउँमा बिहिबार लडेर एक बृद्धको मृत्यु भएको छ।

भोटेखोला गाउँपालिका ४ बस्ने अन्दाजी ६० बर्षिय जुम्बा भोटेको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। बाटोमा हिडिरहेका उनी दिशापिसाब गर्न गएका बेला अचानक लडेर २० मिटर तल बाटोमा खसेर घाईते भएका थिए।

लडेर घाईते भएको खबर पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटि गई उपचारकालागी स्थानीय स्वास्थ्य चौकी नुममा पठाईएकोमा उपचारको क्रममा भोटेको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ।

Views: 180

प्रतिक्रिया (०)