Aamsanchar

आजकाे माैसम

Author Image
मङ्गलवार, असोज १, २०८१

काठमाडौं – आज बिहान कोशी र बाग्मती प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक दुई ठाउँमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

आज दिउँसो गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने र कोशी प्रदेशका तराई भू(भाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि आउने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो पानी पर्ने जनाइएको छ।

त्यस्तै आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने छ।

आज सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने तथा कोशी र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी आउने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमबाट बच्न महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर