Aamsanchar

माैसम पुर्वानुमान

Author Image
बुधवार, असोज २, २०८१

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज मौसम सफा छ । बिहानैदेखि देशका धेरै ठाउँमा घाम लागेको छ । मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकाले देशभर मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो विशेषगरी पश्चिम क्षेत्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी केही ठाउँमा पानी पर्ने सम्भावना छ । ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भागका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजकाे माैसम
बिहिवार, असोज ३, २०८१
आजकाे माैसम
मङ्गलवार, असोज १, २०८१