Aamsanchar

उपप्रधानमन्त्री सिंहले भने : सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गर्छ

Author Image
बुधवार, असोज २, २०८१

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदन तत्काल कार्यान्वयन हुने बताएका छन्।

बुधबार गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको प्रतिनिधि सभाले सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेकाले सरकारले कारबाही प्रक्रिया अघि बढाइने बताएका हुन्। उनले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रिपरिषदमा छलफल गरेर कार्यान्वयनमा लैजाने बताए।

सिंहले भने, ‘प्रतिवेदन छानबिन समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेस गरिसकेको छ। सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ। अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले अध्ययन गरेर के गरेर जाने भन्ने मन्त्रिपरिषद्मा छलफल भएर चाँडै प्रक्रिया अगाडि बढ्छ।’

उनले विधि पद्धति अनुसार सरकार अगाडि बढ्ने जानकारी दिए। सिंहले स्व। नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर