Aamsanchar

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

Author Image
शनिवार, असोज ५, २०८१

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनगएराति बेलायत प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी हुन उनीसहितको प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको हो।

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सीता थापा सहभागी छन्।

उनीहरू पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा सहभागी हुनेछन्। साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार लिङ्देन यही असोज १० गते स्वदेश फर्किनेछन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)