Aamsanchar

कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन रास्वपाको सर्कुलर

Author Image
आइतवार, असोज ६, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन आग्रह गरिएको एक कार्यकर्ताले जानकारी दिए ।

सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।

आजै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले  बताए ।

उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
2
+1
0
Views: 40

प्रतिक्रिया (०)