Aamsanchar

ओली र मोदी विच अमेरिकामा भेटवार्ता

Author Image
सोमवार, असोज ७, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्यूयोर्क लोते प्यालेसमा भएको थियो।
भृटमा मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको भेटवार्तामा सहभागी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन्। साथै, द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर तमाम समस्यालाई समाधान गर्ने सहमति पनि बैैैठकका दौरान भएको उनको भनाइ छ। ​

बैंठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको उल्लेख गरे। भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाको सहभागिता रहेको थियो।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो। दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो।

बैंठकपछि परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले दुई मुलुक बीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको बताए।

चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)