Aamsanchar

विद्यालय व्यवस्थापनको निर्वाचनमा काँग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित

Author Image
सोमवार, असोज ७, २०८१


विराटनगर ।  मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमध्ये २१३ मत खसेको थियो ।

जसमा माओवादी केन्द्रनिकटका उम्मेद्वारहरुले १२२ मत ल्याएर विजयी भएका हुन् । जसमा डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्मु रहेका छन् । यस्तै काँग्रेस–एमाले गठबन्धनका उम्मेद्वारहरु दुर्गा भण्डारी (काँग्रेस), शान्ता लिम्बू (एमाले), पर्मिला हेम्रङ (एमाले) र इन्दु बस्नेत (काँग्रेस)बाट उम्मेद्वार बनेका थिए । उनीहरूले ७२ मत ल्याएका थिए । स्वतन्त्र उम्मेद्वारले ७ मत ल्याउँदा १२ मत बदर भएको जनाइएको छ ।

निर्वाचनमा गठबन्धनको चुनाव चिन्ह कलम थियो भने माओवादीको खुल्ला किताब र स्वतन्त्र उम्मेद्वारको घर चुनाव चिन्ह थियो । आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । गत असोज १ गते निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)