Aamsanchar

पाँचथर पुगेर उपेन्द्रले भने : संविधान संशोधन गर्ने सर्तमा मात्रै सरकारलाई समर्थन गरेका हौं

Author Image
सोमवार, असोज ७, २०८१
पाँचथर — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता साझेदारी गरिरहेका एमाले र कांग्रेस नव अधिनायकवादतर्फ उन्मुख भइरहेको बताएका छन् ।
यी दुई वटा दलले साना पार्टीसहित मधेशी, मुस्लिम,आदीवासी र अल्पसंख्यकहरूको अस्तित्व नामेट पार्दै आफूहरू सत्तामा लागिरहने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यो अभ्यास मुलुकका लागि घातक हुने टिप्पणी गरे ।
देशमा लामो समयसम्म सत्ता सञ्चालन गरेका एमाले–कांग्रेसका नेता संलग्न भएका दर्जन भन्दा धेरै भ्रष्टाचार र अनियमितताका घट्ना ढाकछोप गर्दै पछिल्लो समय प्रतिसोध साँध्न निश्चित दलका नेता र दबाब समूह, अभियन्ता माथि मुद्दा चलाउनु र उनीहरूलाई पक्राउ गर्नु दुई दलीय अधिनायकवाद उन्मुख उदाहरण भएको उनको दाबी थियो ।
 दुई ठूला दलले शान्ति स्थिरता र दिगोपनाका लागि काम गर्छौं भनेर जतिसुकै सुँगा रटाइ गरे पनि ती दलका नेताबाट त्यो सम्भव नहुने यादवको टिप्पणी थियो ।
अध्यक्ष यादवल संविधान संशोधन गर्ने सर्तमा आफ्नो दलले एमाले नेतृत्वको सरकारलाई समर्थन भने गरेको बताए । सोमबार पाँचथरको सदरमुकाम फिदिम आएका यादवले आफ्नो पार्टीले २०७२ साल असोज ३ गते संविधान जारी भएकै मितिदेखि संशोधनको माग गरिरहेको दोहोर्‍याए । संविधानलाइ मुलुकका सबै जाती भाषी र समुदायको अपनत्व हुने गरी संशोधन गर्नु जरुरी रहेकाले सोही सर्तमा एमाले कांग्रेसको साझेदारीमा गठन भएको पार्टीलाई समर्थन दिएको उनको भनाइ थियो ।
मुलुकलाई अग्रगमन र स्थायी शान्तितर्फ उन्मुख गर्न संविधान संशोधन गर्नै पर्ने आफ्नो अडान यथावत रहेको भन्दै यादवले मुलुकका प्रमुख दुई शक्ति कांग्रेस एमालेले दुई दलीय अधिनायकवाद लादेर पश्चगमन तर्फ धकेल्न खोजे शसक्त प्रतिवाद गर्ने चेतावनी यादवको थियो । अध्यक्ष यादवले जसपा पाँचथरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर