Aamsanchar

सर्वोच्चले पत्रकार महासङ्घलाई सोध्यो – निर्वाचन समयमा किन हुन सकेन ?

Author Image
सोमवार, असोज ७, २०८१

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो ।

वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका (९ सिनामंगल , नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति काठमाडौं महानगरपालिका, ९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौं महानगरपालिका, ९ सिनामंगल , नेपाल पत्रकार महासंघ वागमती प्रदेश कार्यालय मुकाम मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं।४ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुर मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं।११ लाई रिटमा प्रतिवादी बनाइएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ। यसअघि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो ।

मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिएपनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ। महासंघको निर्वाचन समयमा गर्न नसकेपछि महासंघका अध्यक्ष विपुल पोखरेल र कार्यवहाक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर