Aamsanchar

मिस नेवा पूर्वाञ्चल हुने

Author Image
शनिवार, वैशाख २३, २०७४

विर्तामोड , 

नेवारी समुदायको प्रवद्र्धन तथा नेवार जातीको उत्थान गर्ने उद्धेश्यले मिस नेवा पूर्वाञ्चल हुने भएको छ । संकृतिको संरक्षण, भाषाको जर्गेना तथा नेवार समुदायको उत्थान गर्ने उद्धेश्यले पूर्वमा पहिलो पटक मिस नेवा पूर्वाञ्चलको आयोजना गरिएको नेवा देय दबु झापाका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए ।

१५ देखि २४ वर्ष उमेर समुहका नेवारी किशोरीहरुले सहभागिता जनाउन पाउने प्रतियोगिताको अडिसन जेठ–२ गते धरान, ५ गते इलाम र फिक्कल तथा ६ गते झापाको विर्तामोडमा हुने नेवा देयदबु झापाकी सचिव तिलरुपा श्रेष्ठले बताइन् ।

नेवार समुदायमा रहेका किशोरीहरुको प्रतिभा प्रष्फुटन गर्न तथा नेवारी संकृतिको जर्गेना गर्नु मिस नेवा पूर्वाञ्चलको उद्धेश्य रहेको उनको भनाई छ । करिब २५ दिन सम्म हुने प्रशिक्षणमा नेवारी भाषा, संकृती, नेवारी नृत्य लगायतका विषयमा सिकाइने बताइएको छ ।

प्रतियोगितामा सहभागि हुन चहाने नेवार महिलाहरुले नेवार संघसंस्थामा सम्र्पक गर्नुपर्ने बताइएको छ । फारम शुल्क पाँच सय रुपैंया लाग्ने र अन्य रकम अडिसनबाट छनोट भएकाहरुको अभिभावकसंगको परामर्शपछि निर्धारण गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज अष्टमी श्राद्ध
बुधवार, असोज ९, २०८१