राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट एक्ल्याएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अब संघीय गठबन्धनबाट पनि एकल्याउने तयारी भइरहेको छ ।
उपेन्द्र यादव स्वयं संयोजक रहेको गठबन्धनमा आबद्ध आदिवासी जनजातिहरुसँग राजपा नेपालका नेताहरुले अहिले छलफल गर्दैछन् । कुरा मिल्यो भने उपेन्द्र यादव बाहेकको अर्को गठबन्धन पनि निर्माण सक्ने राजपाका एक नेताले बताए ।
ती नेताले चुनावमा गएर उपेन्द्र यादवले धोका दिए भन्दै अब गठबन्धनबाट पनि अलग गर्ने बताए ।
संघीय गठबन्धनमा मधेशी मोर्चाबाहेक अन्य आदिवासी जनजातिहरुको संगठन तथा पार्टी नै थियो । उपेन्द्र यादवले पहिलो चरणको चुनावमा भाग लिएको कारण गठबन्धनमा रहेका आदिवासी जनजातिहरु पनि असन्तुष्ट रहेको बताइन्छ ।
२९ दल रहेको सो गठबन्धनमा छ सात दलको मोर्चा सहभागि थियो त्यसमध्ये छ दलको छुट्टै पार्टी राजपा नेपाल गठन भएको छ ।