Aamsanchar

इलाम झापा मैत्री समाज विर्तामोडको संयोजकमा तिलोतमा

Author Image
शनिवार, वैशाख २३, २०७४

झापा ।

इलाम झापा मैत्री समाजको विर्तामोड नगर समिति गठन भएको छ । शनिबार विर्तामोडमा भएको एक कार्यक्रमका बीच तिलोतमा खत्री कार्कीको संयोकत्वमा ९ सदस्य विर्तामोड नगर समिति गठन भएको हो ।

समीतिको सह–संयोजकमा गोपाल कार्की, सचिवमा अच्युत दाहाल, सदस्यहरुमा माया विक, मेघराज पौडेल, रिता निरौला,राजिव जैन, अर्जुन साउदेन,केशव पोख्रेल रहेका छन् ।

इलाम झापा मैत्री समाजका केन्द्रिय अध्यक्ष श्यामप्रसाद खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी भीष्म वैध, विशिष्ट अतिथी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष विष्णु निष्ठुरी, राजेन्द्र बस्नेत,कृष्णलाल प्रधान, सुरेन्द्र नेपाल, कमल पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन समाजकी सचिव तिलरुपा श्रेष्ठले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)