Aamsanchar

धनकुटामा आमसभा वा भेला गर्न प्रशासनको अनुमति लिनुपर्ने

Author Image
शनिवार, वैशाख २३, २०७४

धनकुटा।

जिल्ला प्रशासन कार्यालय धनकुटाले स्थानीय चुनावका लागि आमसभा, बैठक वा भेला गर्नु परे ४८ घण्टा अगावै जानकारी दिन दलहरुलाई आग्रह गरेको छ  ।

स्वीकृति र जानकारी विनै दलहरुले विभिन्न कार्यक्रम गर्दा सुरक्षामा समस्या देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले दलहरुलाई सचेत गराएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले स्वीकृत नलिई कार्यक्रम गर्दा राजनीतिक दलका कार्यक्रम जुध्ने र सुरक्षा चुनौति थपिने भन्दै अनिवार्य अनुमति लिन आग्रह गरिएको बताए ।

यसैबीच प्रशासन कार्यालय र विभिन्न राजनीतिक दलका प्रतिनिधिबीचको बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन धनकुटामा १८ सदस्यीय सर्वदलीय निर्वाचन सञ्चालन सहयोग समिति गठन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर