Aamsanchar

पूर्वराजा शाह भुटानी राजालाई भेट्न जाँदै

Author Image
शुक्रवार, असोज ११, २०८१

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन्। आगामी हप्ता पूर्वराजा ज्ञानेन्द्र भुटान भ्रमणमा जाने निधो भएको संवाद सचिव फणीराज पाठकले जानकारी दिए।

पूर्वराजा ज्ञानेन्द्रले भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकसँग भेटवार्ता गर्ने संवाद सचिव पाठकले बताए। भुटानको संस्कृति, विकास निर्माणबारे पूर्वराजा ज्ञानेन्द्रले अवलोकन गर्ने कार्यक्रम रहेको छ।
भुटानका राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो। उनकी आमा छिरिङ योङ दोनलेको इच्छाअनुसार जिग्मेको जन्म नेपालमा भएको हो।

राजाबाट बाहिरिएपछि सम्बन्ध सुधारका लागि ज्ञानेन्द्र भुटान जान लागेको टिप्पणी भएको छ।

संवाद सचिव पाठकले भने भुटान जानेटुङ्गो मात्र भएको जानकारी दिए। उनी नौरथामा भुटान भ्रमणमा जाने र दशैंको टीकामा स्वदेश फर्किसक्ने सचिव पाठकले बताए।

 

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर