Aamsanchar

पूर्वराजाद्वारा बाढीपहिरो पिडितकाे उद्धार र राहतको व्यवस्था मिलाउन सरकार समक्ष माग

Author Image
आइतवार, असोज १३, २०८१

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

शनिबारदेखि देशभर भएको भारी वर्षा र देशभर भएको क्षति प्रति एक सन्देश जारी गर्दै शाहले दुःख व्यक्त गरेका हुन्।

साथै उनले पूर्वतयारी हुन नसक्दा बढी क्षति भोग्नुपरेको उल्लेख गर्दै पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन सरकार समक्ष माग राखेका छन्।

‘यो बेला भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्वसूचना हुँदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्वप्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद् कुरा हो’सन्देशमा उल्लेख छ,’हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू-क्षयको जोखिम हरेक वर्ष हुने प्रकृया हो। त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर