Aamsanchar

प्रकाश तामाङलाई पूर्वमुख्यमन्त्री शेरधन राईद्वारा जग्गा प्रदान

Author Image
आइतवार, असोज १३, २०८१

भोजपुर – हराएको ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङ आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेसामा संलग्न हुने भएका छन् ।

२५ दिनअघि नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोसी प्रदेशका पू्र्वमुख्यमन्त्री शेरधन राईले तामाङसँगको भेटघाट गर्ने क्रममा आफू भोजपुरमा रहेका बुवाआमासँगै बस्ने बताएका थिए । भोजपुरको षडानन्द नगरपालिका–१०, थाप्लेगाउँमा तामाङका परिवार छ । उनको बुवाआमा अर्काकै जमिन जोतभाग गर्दै आएका छन् । पूर्वमुख्यमन्त्री राई र उनको धर्मपत्नी जाम्मु इन शेर्पाले भेट गर्ने क्रममा आफूलाई जमिनको आवश्यकता रहेको बताएका थिए । त्यतिबेला पूर्वमुख्यमन्त्री दम्पत्तिले तामाङलाई एक लाख रुपैयाँ सहयोग गर्दै उनको आवश्यकता अनुरुपको सहयोग गर्ने आश्वासन दिएका थिए ।

राईले गरेको प्रतिबद्धताअनुसार शुक्रबार तामाङले पाँच रोपनी तीन आना जमिन पाएका छन् । राई पत्नी शेर्पाको पहलमा तामाङलाई मालपोत कार्यालय भोजपुरमा सो जमिन लिखित पास गरिएको छ । राई पत्नी शेर्पाको नाममा रहेको सो जमिन पास गरेपछि तामाङको घरमा भेला भएर लालपूर्जा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

तामाङलाई लालपूर्जासहित एक थान हाते ट्याक्टर र एक हल गोरु हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)