Aamsanchar

यस्तो त आज दिनभरकाे माैसम

Author Image
सोमवार, असोज १४, २०८१

काठमाडौं-  देशका केही भूभागमा सोमबार पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अहिले देशभर आंशिकदेखि साधारणतया बदली छ। दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागका अनुसार राति कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर