Aamsanchar

प्रधानमन्त्री ओली चार बजे काठमाडौं आइपुग्ने, पाँच बजे मन्त्रिपरिषद्को बैठक बस्ने

Author Image
सोमवार, असोज १४, २०८१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे आइपुग्ने कार्यक्रम छ। त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन्। सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे पनि निर्णय हुन सक्ने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए। ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए। न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरुसँग साइडलाइन वार्तासमेत गरेका थिए।

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी १ सय ९२ जनाको ज्यान गइसकेको छ। अबौंका भौतिक संरचनामा क्षति भएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)