Aamsanchar

बम बनाउने सामग्रीसहित विप्लबको पार्टीका चार पक्राउ पक्राउ

Author Image
आइतवार, वैशाख २४, २०७४

गौशाला।

महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

उनीहरुका साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई थान, डेटोनेटर छ थान,महोत्तरीको नक्सा, स्थानीय निर्वाचन खारेज गर लेखिएको पर्चा तीन सय थान र नेपाली काँग्रेस पार्टीको स्टिकर दुई सय थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले पक्राउबारे आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर