Aamsanchar

क्रिकेट ब्याट प्रहारबाट एकको मृत्यु

Author Image
आइतवार, वैशाख २४, २०७४

मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका-४ बस्ने १९ बर्षिय सचिन कुमार राईको आइतबार क्रिकेट ब्याट प्रहारबाट ज्यान गएको छ।

राईलाई शनिबार दिउँसो क्रिकेट खल्ने क्रममा सामान्य विवाद पश्चात सोही ठाउँका अन्दाजी १९ बर्षिय रोशन बहादुर दाहालले क्रिकेट खेल्ने ब्याटले टाउँकोमा प्रहार गरेका थिए।

ब्याट प्रहारबाट गम्भिर घाइते भएका सचिनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार दिउँसो २ बजे मृत्यु भएको हो। ब्याट प्रहार गर्ने रोशनलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर