Aamsanchar

दाउन्ने सडक आजराती बन्द हुने

Author Image
मङ्गलवार, असोज १५, २०८१

काठमाडौँ । नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आजराती १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो ।

प्रशासनले भनेको छ– ’दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व–पश्चिम राजमार्गको सडकखण्डमा अविरल वर्षाले सडक ’रिटेनिङ वाल’ भत्किएको, करिब ४ मिटर सडक भासिएको साथै विद्युत प्रसारणको ’हाई टेन्सन टावर’ समेत ढलेको कारणबाट पूर्ण रुपमा यातायात सेवा अवरुद्ध हुन गएकोमा मिति २०८१।०६।१५ गते विहान ०८ः४५ बजेदेखि यातायात संचालनमा आए तापनि सडक मर्मत गरी सहज रुपमा यातायात संचालनमा ल्याउने प्रयोजनका लागि यही मिति २०८१ । ०६ । १५ गते राति १०ः०० बजेदेखि मिति २०८१।०६।१६ गते विहान ०५ः०० बजेसम्मका लागि बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म यातायातका अत्यावश्यक बाहेकका सम्पूर्ण साधनहरु संचालनमा रोक लगाइएकोले यो सूचना जारी गरिएको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हवाई उडानमा नयाँ रेकर्ड
मङ्गलवार, असोज १५, २०८१