Aamsanchar

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

Author Image
मङ्गलवार, असोज १५, २०८१

काठमाडौँ । दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् ।

प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर