Aamsanchar

संसद बैठक जेठ ४ गते सम्मका लागि स्थगित

Author Image
आइतवार, वैशाख २४, २०७४

काठमाडौंः

व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको हो।

संसद सचिवालयले सूचना टाँस गरी संसद बैठक जेठ ४ गते सम्मका लागि स्थगित गरेको हाे।

यसैबीच, सभामुख ओनसरी घर्ती मगरले विशेष पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ। संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा पत्रकार सम्मेलन दिउँसो साढे १२ बजेका लागि तय गरिएको सभामुखका सञ्चार सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर