Aamsanchar

गगनचुम्बी भवनहरुमा बसे पनि जन्मेको ठाउँ र हुर्केको गाउँको माया कसलाई हुँदैन र…….

Author Image
सोमवार, वैशाख २५, २०७४

सिड्नीमा खुल्यो अन्तर्राष्ट्रिय झापाली समाज

अध्यक्षमा ओली, महासचिवमा मैनाली, १८ देशमा कार्यसमिति

अजंगका शहरहरू अनि गगनचुम्बी भवनहरुमा बसे पनि जन्मेको ठाउँ र हुर्केको गाउँको माया कसलाई हुँदैन र। मानिसहरू कर्मका लागि सात समुन्द्र पारी पुगे पनि आफ्नो धर्म छोड्न सक्तैनन्। जहाँ जन्मेर कही पुगे पनि पहिले सम्झने भनेकै घर, परिवार अनि जन्मथलो र देशनै पहिचानको आधार बन्दो रहेछ ।

अन्तर्राष्ट्रिय झापाली समाज गठनको औपचारिक कार्यक्रममा बक्ताहरुले आफ्नो पहिचान झापाली हुनुमा गौरवको बिषय रहेको बताउँदै जिल्लाको विकास र बिस्तारनै यसको मूल उद्धेश्य रहेको बताए।

अन्तर्राष्ट्रिय झपाली समाजको औपचारिक घोषणा कार्यक्रममा यसका अध्यक्ष भवाली ओलीले फरक कोण र अलग सोचनै आजको आवश्यकता भएकोले अन्तर्राष्ट्रिय झपाली समाजको जन्म भएको बतए । उनले समय परिस्थीति अनुकुलको संगठन अहिलेको आवश्यकता भएकोले देश विकासको सन्दर्भमा जिल्लाको सर्वोपरी हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय झपाली समाज गठन गरिएको बताए ।

समाजको महासचिवमा अस्ट्रेलियाका रुपराज मैनाली, सचिवमा अमेरिकाका प्रशन्न संग्रौला, कोषाध्याक्षमा लक्जम्बर्गका बालहरी राई, प्रवक्तामा हङकङका छत्र सुब्बा तथा मिडिया संयोजकमा इजरायलवाट गणेश गौतम छन्।

यस्तै क्षैत्रिय संयोजकमा उत्तर अमेरिकाबाट प्रमोद सिटौला, युरोप संयोजकमा बेलायतवाट धन किरण गुरुङ, मध्यपूर्ववाट ध्रुब संग्रौला (कुमार झापाली) एशिया प्यासेफीकबाट कोरियाका केपी सिटौला र ओसेनियाबाट अस्ट्रेलियाका खगेन्द्र सिटौला ‘संयोजकको भूमिकामा छन्।

अन्तर्राष्ट्रिय झापाली समाजले सिड्नीमा आयोजना गरेको घोषणा कार्यक्रममा १८ देशमा झापाली समाजको कार्यसमिति समेत बिस्तार गरेको छ । जसमा अस्ट्रेलियाबाट दिनेश पोखरेल र दीपक खनाल सदस्यका रुपमा रहेका छन्। संसारका कुनै पनि कुनामा छरिएर रहेका झापालीहरुलाई एक सुत्रमा बाध्ने र झापाली समुदायको शक्तिलाई झापाको आर्थिक र समाजिक विकासमा समाहित गर्ने यसको एक मात्र उद्धेश्य रहेको समाजका सदस्य दिनेश पोखरेलले बताए।

कार्यक्रममा एनआरएन आइसीसी सदस्य धर्म राज अधिकारी, एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, रुपन्देही समाजका राज खनाल, तनहुँ समाजका पीआर अधिकारी, सुदूर पश्चिम समाजका केशव जोशी, म्याग्दी समाजका हरि राम्जाली, लिबलर फ्रेन्ड्स अफ नेपालका संयोजक श्री नापीत, ओएनअफका रमेश पाण्डे, समाजिक अगुवा आङ छिरिङ शेर्पा, पर्यटन प्रतिनिधि स्वतन्त्र प्रताप शाह लगायतले अन्तर्राष्ट्रिय झापाली समाजको सफलताको शुभकामना ब्यक्त गरेका थिए। कतिपय बक्ताले यसलाई एनआरएनसँगको समानन्तर संघका रुपमा अगाडि लान खोजिएको हो कि भन्ने आशंका समेत ब्यक्त गरेका थिए।

बक्ताहरुले राजनीतिबाट अलग राखेर जिल्लाको सर्बोपरि हितनै यसको ध्येय हुनुपर्ने कुरामा जोड दिएका थिए ।setopati

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर