Aamsanchar

‘’रबिन एन्ड द रिभोलुसन ब्यान्डले युएईमा लाइभ प्रस्तुति गर्दै’’

Author Image
सोमवार, वैशाख २५, २०७४

भरत शिवाकोटी,

[युएई] 

नेपाली पप तथा रकसंगीतिक क्षेत्रमा स्थापित गायक, संगीतकार तथा कलाकार रबिन तामाङको ब्यान्डले युएईमा लाइभ प्रस्तुति गर्ने भएको छ जुन खबरले रबिनका फ्यानहरु एवम नेपाली पप तथा रक संगीतका पारखीहरुउत्साहित भएका छन ।

रबिन एन्ड द रिभोलुसन ब्यान्डको प्रस्तुतिमा युएईको राजधानी अबुधाबीमा हुने लाइभ कार्यक्रम आगामी १३ मे २०१७ मा अबुधाबीको ला मेरिडियन होटलमा कलाकार तथा ब्यान्ड लिडर रबिन तामाङको अगुवाइमा लाइभ प्रस्तुति आयोजना हुन गैरहेकोकार्यक्रम सहयोगी तथा गायक प्रकाश पौडेलले बताएका छन ।

 

हार्ड रक प्रस्तुति रहने उक्त ब्यान्डको भोकलमा स्वय रबिन रहनेछन भने गिटारमा दिपेश, वेसमा श्याम महर्जन हुनेछन । युएईमै प्रोफेसनल रुपमा डिजे गरिरहेका डिजे फरेको पनि दमदार प्रस्तुति रहने आयोजकले बताएका छन ।बेलुका ६ बजेदेखिरातको ११ बजे सम्म चल्ने उक्त कार्यक्रममा अबुधाबीमा रहेका अधिकाश नेपाली व्यावसायीहरुले स्पोन्सर गरेर कार्यक्रमप्रति ऐक्यबददता जनाएका छन ।

युएई ७५ दिराम प्रवेश शुल्क राखिएको उक्त लाइभ प्रस्तुतिमा टिकटका लागि ०५६१९०१७३३ मा सम्पर्क गर्न सकिने आयोजकले बताएका छन भने आम नेपालीहरुलाई उपस्थित भैकार्यक्रम सफल बनाइदिन हुन अनुरोध समेत गरेका छन ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर