तेह्रथुम।
आठराईको सङ्क्रान्ति–माझीटार सडकखण्डअन्तर्गत चुहानडाँडामा आज जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते चुहानडाँडाका जमुना कट्टेल, गीता कट्टेल, तुलसा बाँस्कोटा र पाँचथर फिदिमकी विमला विष्टलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
सङ्क्रान्ति बजारबाट पाँचथरको फिदिमतर्फ जाँदै गरेको को१ज २३८५ नं को जिप चुहानडाँडा–७ स्थित माने डाँडामा दुर्घटना भएको हो । दुर्घटनापछि जिप चालक विशाल गहतराज फरार रहेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 62