इटहरी,

कोसी अञ्चल यातायात कार्यालय कोसीका नायब सुब्बा घुस लिँदा लिदै पक्राउ परेका छन् । कोसी अञ्चल यातायात कार्यलय निजी सवारी शाखामा कार्यरत नायव सुब्वा विनोद दाहाललाई सेवाग्राहीबाट घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यलयको टोलीले पक्राउ गरेको हो ।

दाहालले सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिनु भएको थियो । सोमबार दिउँसो तीज बजेतिर सेवाग्राहीबाट घुस लिने क्रममा उहाँलाई नियन्त्रणमा लिएको अख्तियार क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
इटहरीकै एक रिकण्डीसनमा पुरानो गाडी ब्यापारी विजय शाहबाट पाँच हजार रुपैयाँ लिदै गर्दा दाहाललाई पक्राउ गरेको अख्तियार क्षेत्रीय कार्यलय इटहरीले जनाएको छ । केही हप्ता अगाडी मात्र कोशी अञ्चल यातायात सवारीकै लेखापाल सुरेश अधिकारीको डिजाईनमा वर्षाै देखि लाखौँ रुपैयाँ रावश्ज अपचलन गरेको खुलेको थियो ।

सवारीमा कर्मचारीहरुको मिलोमतोमा ५७ करोड राजश्व हिनामिना भएको घटनाका बिषयमा छानबिन भइरहेको छ । केहि महिना अगाडि मात्र यातायात कार्यलयकै लाईलेन्स विभागका लेखापाल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

