Aamsanchar

६०० मातापितालाई एकैथलोमा सम्मान

Author Image
मङ्गलवार, वैशाख २६, २०७४

बिर्तामोड।


झापा अर्जुनधारा–५ मा मंगलबार एकैथलोमा सो वडाका ६ सय जना ज्येष्ठ मातापितालाई सम्मान गरिएको छ । वैशाबाडीस्थित दुर्गा मन्दिर परिसरमा नेकपा एमालेले ज्येष्ठ मातापितालाई सम्मान गरेको हो । ज्येष्ठ मातापितालाई सम्मानपत्र, गाम्छा प्रदान गरेर सम्मान गरिएको थियो ।

नेकपा एमाले अर्जुनधारा –५ को वडा कमिटीले आयोजना गरेको कार्यक्रममा सम्मानित मातापितालाई जुस र फलफुल समेत वितरण गरिएको थियो ।
कार्यक्रममा ६० वर्षदेखि ९७ वर्षका मातापितालाई सम्मान गरिएको थियो । सबैभन्दा ज्येष्ठ ९७ वर्षीय हरिदास चौधरी र ९१ वर्षीया पार्वता बराललाई समेत सम्मान गरिएको स्थानीय सामाजिक अभियन्ता ध्यानबहादुर भारतीले जानकारी दिए ।
अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष देवी बरालको प्रमुख आतिथ्य र एमालेका वडाध्यक्ष उमानाथ लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद प्रेमबहादुर गिरी , एमालेका क्षेत्रीय अध्यक्ष हरि राना, पूर्व जिल्ला कमिटी सदस्य कुन्दन भट्टराई, पार्टीका अर्जुनधारा नगर अध्यक्ष प्रेमसागर सापकोटा, ताराप्रसाद सञ्जेल लगायतले नेकपा एमाले ज्येष्ठ मातापिताको सम्मान गर्ने पार्टी भएको बताए ।
उक्त अवसरमा आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट अर्जुनधारा–५ का उम्मेदवारहरु वडाध्यक्षमा ध्यानबहादुर भारती, दलित महिला सदस्य रीता नेपाली, सदस्यमा रोहित चौधरी, खड्ग चौहान लगायतको नाम घोषणा र परिचय गराइएको थियो । उक्त वडामा पाँच हजार मतदाता रहेको बताइएको छ ।
पार्टीका नगर सदस्य शान्तिराम चौहानले स्वागत गरेको कार्यक्रम डेगनाथ खतिवडाले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर