काठमाडौँको ठमेल एरियामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उमेर नपुगेका बालबालिकाहरूलाई रात्रिकालिन मनोरञ्जनस्थलमा प्रवेश गराएको अवस्थामा काठमाडौँ महानगरपालिका-१६ ठमेलस्थित सेनेट क्लब र फायर डिस्को थेक क्लबबाट उनीहरूलाई पक्राउ गरेका हुन् ।
महर्जन र थापालाई बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ । दुई क्लबबाट उद्धार गरिएका नाबालिगहरूलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।