Aamsanchar

प्रधानमन्त्रीद्वारा पिता मोहनप्रसादको हातबाट दशैको टीका ग्रहण

Author Image
शनिवार, असोज २६, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् ।

ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए ।

आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

वडादशैंको टीका लगाएपछि प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)