Aamsanchar

१० दिन ढिला गरि बाहिरियो यो वर्षको मनसुन

Author Image
आइतवार, असोज २७, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले असोज २६ गते शनिवारदेखि यो वर्षको मनसुन पूर्ण रुपले बाहिरिएको जनाएको छ ।

शनिवार महाशाखाले एउटा बुलेटिन प्रकाशित गर्दै यो वर्षको मनसुसन बागमती प्रदेश, मधेश प्रदेश तथा कोशी प्रदेशबाट बहिर्गमन भएसंगै देशैभरीबाट मनसुन बाहिरिएको हो ।

यसअघि, यो वर्ष गत असोज २२ गते मंगलवार कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशबाट सम्पूर्ण भूभागका साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भूभाग तथा मधेश प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिसकेको थियो ।

त्यसअघि नेपालको सुदर पश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भूभागको थोरै स्थानहरुबाट असोज २० गतेका दिन यो वर्षको मनुसुन बाहिरएको थियो ।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएता पनि यो वर्ष मनसुन १० दिन ढिला गरि अक्टोबार १२ का दिनदेखि बाहिरएको पनि महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर