Aamsanchar

दाङमा ११ जना जुवाडे पक्राउ

Author Image
आइतवार, असोज २७, २०८१

दाङ । दाङमा एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले एक लाख छ हजार छ सय ५० रुपैयाँसहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दङ्गीशरण गाउँपालिका– ३ का गणेश योगी, मेघराज रजौरे, लम्बुधर चौधरी, भागीराम चौधरी, श्यामेश्वर वली, निराजन धिताल, महावीर चौधरी, शिवहरी धिताल, ओमप्रकाश पुरी, गोकुल धिताल र आनन्द रजौरे रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर