Aamsanchar

डिल्लीले दिए पत्रकार उपचार कोषलाई २५,१६५

Author Image
बुधवार, वैशाख २७, २०७४

बिर्तामोड।
झापा बिर्तामोड निवासी समाजसेवी तथा धार्मिक व्यक्तित्व डिल्ली प्रसाईले पत्रकार सहारा उपचार कोषका लागि २५ हजार एक सय ६५ रुपैयाँ प्रदान गरेका छन् ।
बिर्तामोड- ५ महानन्द चौक निवासी प्रसाईले  बुधबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले बताए ।
प्रसाईले आफ्नो तर्फबाट केही समय भित्रै कोषमा थप रकम प्रदान गरेर ५१ हजार पुर्याइदिने प्रतिवद्धतासमेत जनाएका छन् । मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन महासंघले थालेको अभियानको प्रसाईले सराहना गरे ।
महासंघका उपाध्यक्ष एवं कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर