Aamsanchar

झापामा जङ्गली हात्तीको समूहले विद्यालय भवन भत्कायाे

Author Image
बुधवार, असोज ३०, २०८१

झापा-  जङ्गली हात्तीहरुको समूहले बुद्धशान्ति गाउँपालिका वडा नं। २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवनमा क्षति पुर्‍याएको छ ।

मङ्गलबार राति आएको जङ्गली हात्तीको समूहले विद्यालय भवन भत्काएको र क्षति विवरण सङ्कलन गर्ने कार्य भइरहेको विद्यालय सञ्चालक सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार केही दिन विद्यालय सञ्चालन गर्न कठिनाइ हुने भएको छ ।

विद्यालयको भवनको छानो, पर्खाल तथा पिलर भत्काएर लाखौंको क्षति पुर्‍याएको जनाइएको छ । भण्डारीका अनुसार गेट भत्काएर हात्तीहरु प्रवेश गरेर कक्षा कोठाहरुमा पनि क्षति पुर्‍याएको पाइएको छ । मङ्गलबार राति करिब ९ बजेतिर आएका जङ्गली हात्तीको समूह आएपछि स्थानीयहरु भयभित भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर