Aamsanchar

आजकाे माैसम

Author Image
बिहिवार, कार्तिक १, २०८१

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेसका साथै लुम्बिनी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति पनि कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर