Aamsanchar

रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी पत्र

Author Image
शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं ।  प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै सभामुख घिमिरेलाई जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ– ’सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएका रवि लामिछाने चितवन २ को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य निज रवि लामिछाने पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’

लामिछानेलाई सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले पक्राउ अनुमति दिएसँगै शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको छ ।
लामिछानेलाई पक्राउ गरेपछि प्रहरीले आजै सडक बाटो हुदै पोखरा लैजाने बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर