Aamsanchar

अज्ञात समुहद्धारा बम विष्फोट

Author Image
बिहिवार, वैशाख २८, २०७४

सिरहा।

सिरहाको लहान नगरपालिका ८ स्थित यतायात ब्यबस्था कार्यालयमा बिहिबार अज्ञात समुहले बम विष्फोट गराएको छ।

कार्यालय प्रमुखको कार्यकक्ष संगै जोडीएको सार्बजनिक ट्वाईलेट भित्र बम पड्किएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घट्नाको जानकारी पाउनासाथ तत्काल प्रहरीको टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ।

बम पड्किएर ट्वाईलेटको सिसा, वाल चर्किएको छ भने उक्त स्थानमा हरियो झोलाको फित्ता , प्रेशर कुकरको सिठ्ठी र कन्टेनर फेला परेकोले प्रेशर कुकर बम हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिन आएको प्रहरीले जनाएको छ ।

घट्नामा कुनैपनि मानबिय क्षति नभएको प्रहरीले जनाएको छ । घट्नाबारे आवाश्यक अनुसन्धान भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१