राजगढ।
स्थानीय निकायको निर्वाचन नजिकिएसंगै नेपाली कांग्रेस झापाले चुनाव प्रचारप्रसारमा तीव्रता दिएको छ ।
स्थानीय स्तरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै चुनावलाई मर्यादित र उत्साहजनक सहभागीतामा सम्पन्न गर्न प्रचार प्रसार अभियानलाई तीव्रता दिएको हो । व्रहदाशी गाउँ पालिका वाड नम्वर ३ मा पनि २५६४ औं वुद्ध जयन्तीको अवसर पारेर चियापान कार्यक्रमको आयोजना गरिएको छ ।
चियापान कार्यक्रममा उम्मेद्वार छनौटदेखि कसरी चुनाव जित्ने भन्ने विषयमा छलफल भएको थियो । वाह्रदाशी गाउँ पालिका सह संयोजक टंकप्रसाद साहको सभापतित्वमा आयोजित कार्यक्रममा पार्टीका निर्वतमान जिल्ला उपसभापति देउमान थेवेले जेठ २ गतेसम्मममा गाउँ स्तरबाट उम्मेद्वारको टुङ्गो लगाइसक्नु पर्ने र सिफारिस गरेर पठाउन कार्यकर्तालाई सुझाएका थिए ।
कार्यक्रममा निर्वतमान जिल्ला सचिव दयानन्द गोश्वामी, जिल्ला सदस्य उमाराम प्रसाई, वाह्रदशी गाउँ पालिका संयोजक ओमप्रकाश गौतमलगायतले बोलेका थिए ।
क्षेत्रीय प्रतिनिधि अर्जुन उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस राजगढका निर्वतमान सचिव पुण्यप्रसाद ढुङ्गेलले गरेका थिए । यसैबीच व्रहदशी गाउँ पालिका वार्ड नम्वर ३ को पार्टी कार्यालयको उद्घाटन गरिएको पार्टीका पूर्व राजगढ सभापति रमेश प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यस अघि विभिन्न पार्टी परित्याग गरी एक यस बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।