Aamsanchar

मृतकका परिवारलाई ७० हजार सहयोग

Author Image
बिहिवार, वैशाख २८, २०७४

बुधबारे,


सवारी दुर्घटनामा परी ९० दिन थलिएर ज्यान गुमाएका बुद्धशान्ति -२ जयपुरका २१ बर्षिय स्वर्गिय भुवन पौड्यालको परिवारलाई अमेरिकाको क्यालिफोर्नियाबाट सहयोग रकम प्राप्त भएको छ ।
झापा जयपुरमा स्थायी घर भएका क्यालिफोर्निया बस्दै आएका नविन पोखरेल, मदन पाठक लगायतको टोलीले ७० हजार ९ सय रुपैंया संकलन गरी मृतकको परिवारलाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै सवारी दुर्घटनामा परी ज्यान गुमाएका भुवनको परिवारलाई कन्काई कलेज विर्तामोडका विद्यार्थीहरुबाट ६ हजार ७ सय रुपैंया संकलन भएको स्थानीय जीवन पोखरेलले जनाएका छन् । ती दुवै रकम स्थानीय शान्तिराम भण्डारीले मृतकको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर