Aamsanchar

रास्वपाले सडकमा भिड जम्मा गरेर अदालतलाई प्रभाव पार्न खोजेको सत्तारूढ गठबन्धनकाे निष्कर्ष

Author Image
बुधवार, कार्तिक ७, २०८१

काठमाडौं – सत्तारूढ गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई प्रभाव पार्न खोजेको निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको गठनबन्धनको बैठकले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढाइएकाले प्रश्न उठाउनु उचित नहुने निष्कर्ष निकालेको हो ।

“छानबिनमाथि प्रश्न उठाउने कुरा नैतिकरूपमा उचित कुरा होइन् । छानबिनको न्याय निरुपणमा आफ्नो विधि र प्रक्रिया हुन्छ,” बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, “छानबिनको प्रक्रिया अघि बढिरहेका बेला सडकमा भिड जम्मा गरेर छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित होइन ।” फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित नभएको उनको भनाइ छ । संसद्ले नै छानबिन गर्न निर्देशन दिएको विषयलाई सहजरूपमा लिनुपर्ने पोखरेलले बताए ।

“अहिले गरेका छानबिनमाथि प्रश्न उठाउने अधिकार अदालतमा नै गएर हो । भिड जम्मा गरेर न्यायिक निरुपणलाई प्रभाव पार्ने कुरा गलत हो,” पोखरेलले भने ।

बैठकले छानबिन प्रक्रियामा निष्पक्ष ढंगले अघि बढेको उनले बताए ।

सत्तापक्षको तर्फबाट सबै दलले न्याय निरुपणमा प्रभावित नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गर्ने सहमति भएको पोखरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर