Aamsanchar

काठमाडौँ : एक महिलालाई बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

Author Image
बिहिवार, कार्तिक ८, २०८१

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताए ।

बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम नगरेको पक्राउ गरेकाहरुको आरोप रहेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

उनीहरुलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर