Aamsanchar

२५ लाख रुपैयाँ मुल्य बराबरको चाँदीका मूर्ति र अन्य तयारी गहनासहित दुईजना प*क्राउ

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

वीरगन्ज – बारामा प्रहरीले ठूलो परिमाणमा चाँदीका मूर्ति र अन्य तयारी गहनासहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ प्रस्टोकाका ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगावाका २७ वर्षीय सुरेश महतो रहेका छन् ।

 

उनीहरूको साथबाट २५ लाख रुपैयाँ मुल्य बराबरको चाँदीको मूर्ति र अन्य तयारी गहना गरी १४ किलो चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार, पथलैयाबाट हेटौडाँतर्फ दुईवटा छुट्टाछुट्टै मोटरसाइकलमा जाँदै गरेका उनीहरूलाई बाराको अमलेखगन्जमा इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट बरिष्ठ प्रहरी नायब निरीक्षक त्रिभुवन साह नेतृत्वमा खटिएको टोलीले शुक्रबार बिहान रोकेर चेकजाँच गरेको थियो ।

 

त्यसक्रममा सोनार सवार ना ५२ प २५८४ नम्बरको मोटरसाइकलको तेल ट्यांकभित्र फल्सबटम बनाएर राखिएको ९ किलो र महतो सवार ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलको ट्यांकी भित्रै फल्सबटम बनाएर राखिएको ५ किलोग्राम बराबरको कूल १४ किलोग्राम तौलको चाँदीका मूर्ति र अन्य तयारी गहना बरामद गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

बरामद उक्त चाँदीको बजार मूल्य २५ लाख ४ हजार ९५० रुपैयाँ रहेको उनले बताए । दुवैजनालाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।अनुसन्धान सकेपछि दुवै जनालाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने जानकारीपनि उनले दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर