
नगद हस्तान्तरण गर्दे समाजसेवी निर्मल भट्टराई, नगत ग्रहणगर्दे पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी साथमा महासंघ सहसचिव केशब भट्टराई र सञ्चारकर्मी चन्द्रकान्त ढकाल । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

बिर्तामोड, बैशाख २९। झापा बिर्तामोड निवासी सामाजिक व्यक्तित्व तथा व्यवसायी निर्मल भट्टराईले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

बिर्तामोड ५ निवासी भट्टराईले आज शुक्रबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
निर्मल नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका उपसभापति हुन् । रोटरी क्लव जस्ता संस्थामा आवद्ध भई समाजसेवामा सक्रिय भट्टराई बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा वीरता जेसीज बिर्तामोडका पूर्व अध्यक्ष हुन् ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन महासंघले थालेको अभियानको भट्टराईले सराहना गरे ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताए ।
महासंघका उपाध्यक्ष एवं कोषका संयोजक गिरीका अनुसार कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने छ ।


