Aamsanchar

मालपोतमा ८२ हजार सेवाग्राही सञ्जालमा

Author Image
शुक्रवार, वैशाख २९, २०७४

काठमाडौँ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई सो सञ्जालमा समेटेको छ । २०७२ साल साउन २४ गते कलङ्कीबाट सो सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १९ मालपोत कार्यालयमा विस्तार भएको छ ।

मन्त्रालयका अनुसार कलङ्की, डिल्लीबजार, चाबहिल तथा ललितपुर, भक्तपुर, धादिङ काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, मोरङ, पर्सा, कास्की, बाग्लुङ, बाँके, चनौली, खैरहनी, माडी, लेखनाथ र शिखरकोटमा अनलाइन सेवा उपलब्ध गराइएको छ ।

भूमिसुधार तथा व्यवस्थापन विभागका अधिकृत डम्बर सुनुवारका अनुसार विसं २०७० मा एसियाली विकास बैंक ९एडिबी०ले करिब रु १३ करोड सहयोग सफ्टवेयर निर्माणका लागि उपलब्ध गराएको थियो ।

अनलाइन सेवाबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा लिन सहज हुने तथा कारोबार पारदर्शी हुने र मालपोत कार्यालयमा विचौलियाले उपभोक्तालाई ठग्न नपाउने बताइएको छ । सो सेवाबाट कस्को कहाँ, के कति जग्गा जमिन छ त्यसको अभिलेख राखिन्छ ।

आगामी दिनमा नयाँ संरचनाअनुसार सात प्रदेशमा भूमिसुधारका क्षेत्रलाई व्यवस्थित गर्न सो सेवालाई सबै प्रदेशमा विस्तार गरी प्रभावकारी बनाइने र नियमन तथा नियन्त्रण केन्द्रले गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)