Aamsanchar

आजकाे माैसम

Author Image
सोमवार, कार्तिक १२, २०८१

काठमाडौं – देशका पहाडी भूभागमा सोमबार हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर
भाइटीकाकाे दिन माैसम कस्ताे हुन्छ ?
मङ्गलवार, कार्तिक १३, २०८१
आजकाे माैसम
मङ्गलवार, कार्तिक १३, २०८१
आजको माैसम
आइतवार, कार्तिक ११, २०८१