Aamsanchar

न्याय माग्दै खेतको बीचमै अनशन

Author Image
शुक्रवार, वैशाख २९, २०७४

ताप्लेजुङ।

लेनदेनको विषयमा आफू ठगिएको दाबीसहित सामाजिक न्याय खोज्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिका–२ का नवीन गुरागार्इं आमरण अनशनमा बसेका छन् ।

लेनदेन कारोबारमा आफू ठगिएको र कानुनीरुपमा समेत पछि परेकाले सामाजिक न्याय खोज्दै अनशनमा बसेको गुरागार्इंले बताएका छन् । उनी बुधबारदेखि खेतको बीचमा रहेको काभ्राको रूखमुनि अनशनमा बसेका हुन् ।

अनशनरत गुरागार्इंका अनुसार सोही वडाका रामप्रसाद बरालबाट उनले केही वर्षअघि रु दुई लाख ऋण लिएर बीचमा रु एक लाख ५० हजार बुझाएका थिए । ऋण लिँदा गरिएको कागज च्यातेका थिएनन् । बारम्बार कारोबार हुने र नाताले पनि बराल परिवार मावली ससुराली पर्ने भएकाले कागज नच्यातेको उनले बताए ।

सदरमुकाम नै बसेर व्यापार गर्ने गुरागार्इंलाई व्यापार घाटा लागेपछि तिर्न बाँकी रु ५० हजार बुझाउन सकेनन् । अरू साहुको समेत धेरै ऋण लागेपछि सदरमुकाम छोडेर राजधानीतिर गएर बसे । त्यही बीचमा बरालले रु दुई लाखको कागजका आधारमा अदालतमा मुद्दा हाले । अदालतले पनि उनको पक्षमा पैmसला ग¥यो । बरालले रु ५० हजारमा १४ रोपनी खेत लगे । तर तत्कालीन मूल्यका आधारमा थोरै पैसामा धेरै जग्गा गुम्यो भन्दै गुरागाईंले बराललाई सामाजिकरुपमा न्याय गर्न अनुरोध गरे ।

अनुरोध गर्दा बरालले पर्खनुहोस् सबै जग्गा भोगचलन गर्दिन भनेको तर अहिलेसम्म पनि केही नलागेपछि समाजसँग न्याय माग्दै अनशनमा बस्नु परेको गुरागाईंले बताएका छन् । उनले रु ५० हजारमा १४ रोपनी जग्गा लगेको दाबी गरेका छन् ।

अहिलेको चलनचल्तीअनुसार सोही ठाउँको जग्गा प्रतिरोपनी रु दुई लाख पर्छ । धेरै साहुको ऋणमा परेका गुरागार्इंले अहिलेको मूल्यअनुसार उक्त जग्गा र आफूसँग बाँकी रहेको जग्गासमेत बेचेर वा जग्गा नै दिएर भएपनि साहुको ऋण तिर्ने प्रस्ताव गरेका छन् । ऋणकै कारण पुख्र्यौली सम्पत्ति सकिएकाले आफू समस्यामा परेर अनसन बस्नुपरेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर