Aamsanchar

उपनिर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्छ : लिङ्देन

Author Image
मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।

तीनवटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरुलाई पराजित गर्नुपर्ने उनको जिकिर छ ।

पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भोट नदिएर त्यही काँग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयो । अनि यो बर्बादीमा आफैं सहभागी हुने ?’

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले हावादारी पार्टी भने । ‘उसको फेद के हो, टुप्पो के हो ? केही पनि थाहा छैन । कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ ? त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ?’, राप्रपा अध्यक्ष लिङ्देनले भने ।

उनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको दाबी गरे ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर