Aamsanchar

भरुवा बन्दुकसहित एक पक्राउ

Author Image
शुक्रवार, वैशाख २९, २०७४

भोजपुर।

भोजपुरको भोजपुर नगरपालिका १ बाट प्रहरीले बिहिबार भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

सोही नगरपालिका बस्ने अन्दाजी ३४ बर्षिय एकेन्द्र भुजेललाई एक नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको हो।

भुजेलले घरमा भरुवा बन्दुक लुकाई राखेको छ भन्ने गोप्य सुचना पाए संगै अस्थायी प्रहरी चौकी सुन्तलेबाट खटिएको टोलीले उनको घरमा खाँनतलासी गर्ने क्रममा बादर लखेट्न राखिएको भरुवा बन्दुक फेला बरामद गरेको हो।

पक्राउ परेका उनीविरुद्ध थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१