Aamsanchar

आजको माैसम

Author Image
बुधवार, कार्तिक १४, २०८१

काठमाडौं – हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजकाे माैसम
बिहिवार, कार्तिक १५, २०८१
भाइटीकाकाे दिन माैसम कस्ताे हुन्छ ?
मङ्गलवार, कार्तिक १३, २०८१
आजकाे माैसम
मङ्गलवार, कार्तिक १३, २०८१